२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न समिति पुनर्गठन

बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न समिति पुनर्गठन

1.1K
Shares

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले समिति पुनर्गठन गरेको छ।  मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले गत २०८० चैत ३० गतेको निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र तोकिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा उनले तोकेको व्यक्ति आयोगको सदस्य रहनेछन्।

त्यस्तै पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कुमार कार्की, स्टेला तामाङ सिफारिस समितिको सदस्य तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij