२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब नागरिक एपबाट लाइसेन्स देखाए पुग्ने

अब नागरिक एपबाट लाइसेन्स देखाए पुग्ने

615
Shares

काठमाडौं – अबदेखि सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो।

गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई-चलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उक्त कार्यक्रममा सहभागी थिए।

अबदेखि सवारी चालकहरूले ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै आफ्नो सवारी लाइसेन्स देखाए पुग्ने भएको छ। ट्राफिक प्रहरीले पनि त्यहाँ देखाइने क्युआर कोडलाई नेपाल प्रहरीको एपबाट स्क्यान गरी सवारी लाइसेन्सको जाँच गर्न सक्छन्।

कुनै ट्राफिक उल्लंघन गरेमा चिटसमेत यसैबाट काट्‍न सक्ने सुविधा छ। चिट काटिसकेपछि भुक्तानी भए/नभएको विवरण पनि एपमै उल्लेख हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij