२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

1.1K
Shares

काठमाडौं- सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति
एंव पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई पक्राउ गरेको हो। पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई पक्राउ गरेको हो ।

गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम दुरुपयोग गरेको आरोप लामिछानेमाथि लागेको हो। कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij