काठमाडौं – अपि पावर कम्पनी लिमिटेड को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट घोषणा गरेको ५ प्रतिशत बोनश शेयर वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो। नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३११ रुपैयाँ कायम गरेको छ। आइतबार यही मूल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij