काठमाडौं -नेपाली बजारमा आज बिहीबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। आजमात्रै सुनको सुन तोलामा ६०० रुपैयाँले बढेको छ। प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ४०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।
बुधबार प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ८०० रुयैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij