२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भगवती हाइड्रोपावरको नगद लाभांश बैंक खातामा जम्मा

भगवती हाइड्रोपावरको नगद लाभांश बैंक खातामा जम्मा

635
Shares

काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश सिधैँ सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई १०.७३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा असोज २१ ग्तेदेखि आईपीएस मार्फत् जम्मा गरेको जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिएको कम्पनीले जनाएको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij