काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निकाष्सन (एफपीओ)को अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समता घरेलु घलुवित्तलाई एफपीओ अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयरको थप सार्वजनिक निष्कासन गर्नेछ। कम्पनीले गत २०७८ चैत २९ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो। निवेदन दिएको २९ महीनापछि कम्पनीले एफपीओ निष्कासन गर्ने अनुमति पाएको हो । संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij