काठमाडौं- शिवम सिमेंट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम होल्डिडग्स लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीकाअनुसार सभाले एघार करोड साठी लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव स्वीकृत गरेको छ। त्यस्तै बार्षिक प्रतिवेदन, लेखापरीक्षण लेखापरक्षिकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरुसमेत स्वीकृत भएका छन्।
शिवम होल्डिडग्सले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होडशी शिवम सिमेन्टको उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ।
उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको छ ।
त्यसै गरी यस शिवम्होल्डिड.ग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij