काठमाडौं- नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ को प्रथम संशोधन सहितको विनियमावली’ जारी गरेको छ । बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप प्रष्ट पार्न भन्दै केन्द्रीय बैंकले संशोधन सहितको विनियमावली जारी गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण)ले दिएको अधिकार प्रयोग गर्दै विनियमावली तयार पारेर लागू गरेको हो ।
बैंक खाता फुकुवा गरिने सम्बन्धमा ‘खाता फुकुवा गरिएको जानकारी राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्नेछ’व्यवस्था थप गरिएको छ । राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि खाता रोक्का गर्ने व्यवस्था समेत गरेको छ ।
विनियमावलीमा प्र्रचलित कानून बमोजिम अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्रप्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्ने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij