२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति?

725
Shares

काठमाडौं –   वाणिज्य बैंकहरूले कात्तिक १ गतेदेखी लागु हुनेगरी  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।

११ बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् ।

ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij