२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब ५२ अर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब ५२ अर्ब नाघ्यो

540
Shares

काठमाडौं – विदेशी विनिमय  सञ्चिति २१ खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५.० प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो ।

भदौसम्म बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।

त्यस्तै, विदेशी मुद्राको अर्को स्रोत प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत दुई अर्ब ७१ करोड भित्रिएको छ। यो सेयर पुँजीको रूपमा भित्रिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij