काठमाडौं – मंगलबार नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री भएर आज शेयर बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। यो दिन २०५ वटा कम्पनीको शेयरमूल्य बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको मूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij