२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विपद उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु

विपद उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु

1.1K
Shares

काठमाडौं – असोज १० र ११ गते आएको अविरल वर्षा पछि बाढी-पहिरोमा उद्धारका लागि खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको मृत्यु भएको छ।

सोमबार बिहान नेपाल एपिएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेश स्थापना गरेको थियो।

बडुवाल सोही बेशमा साउन ३ गतेदेखि कमान्डर थिए। पछिल्लो समय असोज १०/११ गतेको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल‍ खटिएको थियो।

सो बेशबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुँगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो।
सशस्त्र प्रहरी निरीक्षक बडुवाललाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गराइएको डिएसपी थापाले बताए। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो।

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको आजै साँझ पशुपती आर्यघाटमा फौजी सम्मानका साथ अन्त्यष्टि गरिने डिएसपी थापाले बताए। साभार: सेतोपाटी डट कम

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij