२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका तीनजना अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका तीनजना अर्थशास्त्रीलाई

360
Shares

काठमाडौं – यसवर्षको अर्थशास्त्र तर्फ नोबेल पुरस्कार अमेरिकाका तीनजना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सले अर्थशास्त्रमा यसवर्ष नोबेल पुरस्कार पाउने भएका हुन् ।

कुनै देश किन धनी र किन गरिब छन् भन्ने विषयमा उनीहरुले गरेको शोधको लागि अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिन लागिएको हो । “संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति“ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको नोबेल पुरस्कार छनोट समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ।

यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्।
सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij