काठमाडौं – बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो ।
पक्लिक कम्पनी बनेसँगै अब नोबेल मेडिकल कलेजलाई सर्वसाधारण नागरिकमा आईपीओ निष्काशनको बाटो खुलेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर नोबेल मेडिकल कलेजले आईपीओ निष्काशन गर्न सक्नेछ ।
परिवर्तित नाम कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको आयोगले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij