२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रतन टाटाको सफलता सूत्र

रतन टाटाको सफलता सूत्र

1.1K
Shares

एजेन्सी – भारतीय अरबपति रतन टाटा एक व्यापारी मात्र होइनन् उनी आफैँमा एउटा संस्था भैसकेका छन् । उनका शब्दहरूले हामीलाई अगाडि बढ्न मद्दत गर्न सक्छन्। उनको ८६ वर्षको उमेरमा निधन भएसगैं उनका जीवनका बारेमा विभिन्न कोषबाट चर्चा भइरहेको छ । विश्वमा सफल व्यवसायीको रुपमा परिचित उनी आफ्नो कमाई सबै परोपकारी कार्यमा लगाउँदै आएका थिए । उनलाई विश्वको धनीको सुचिमा आउने चाहाना राखेनन् । सधै आफ्नो कमाई सेवामा खर्च गर्दै आएका थिए ।

उद्योगपति रतन टाटा आविष्कार गरिरहनुपर्छ, आविष्कार वा इनोभेसन गर्‍यौँ भने मात्र विकास हुन्छ भन्ने कुरामा विश्वास राख्छन् ।

सधैँ सकारात्मक रहनुपर्छ , सबै कुरा हाम्रा लागि उपयुक्त अवसर हो । हामीसँग चिजहरूलाई हेर्ने फरक दृष्टिकोण हुनुपर्छ । आत्म-विश्वास कुनै पनि व्यक्तिको आधार हो, त्यसैले आफैमा विश्वास गर्नुपर्छ । सिक्नका लागि कुनै उमेर हुँदैन, जहाँ राम्रो कुरा सिक्ने मौका छ, त्यहीँ सिक्नुपर्छ ।

ग्राहकहरू सबै भन्दा माथि छन् । हामी उनीहरूका लागि नै काम गर्छौ । यदि ग्राहकहरू खुसी भएनन् भने हामी सफल हुँदैनौँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij