काठमाडौं -साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आज ५० लाख जम्मा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गरेकी थिइन् ।
कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट सिइओ श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ । सो अवसरमा सिइओ उर्मिला श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेको कर्पाेरेसनले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij