काठमाडौं -सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ११ लाख बढी कित्ता संस्थापक शेयर आज असोज २३ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ३ हजार ४०५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।
लिलामीमा राखिएको शेयरमा हाल कायम संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ५ गते तोकिएको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम ७ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा पेस गर्न सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij