काठमाडौं- संस्थापक शेयरधनी वा संस्थाका शेयरधनीहरुले आफ्नो संस्थाबाट कर्जा लिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
अबदेखि चुक्तापूँजीको शुन्य दशमलब ५ प्रतिशत भन्दा कम शयर भएका संस्थापक शेयरधनीहरुले आफ्नै संस्थाबाट कर्जा लिन पाउने भएका छन्। यसअघि संस्थापक समुहका शेयरधनीहरुले आफ्नै संस्थाबाट कर्जा लिन नपाइने व्यवस्था थियो।
त्यस्तै चुक्तापूँजीको एक प्रतिशत भन्दा कम सेयर लिएका व्यक्ति फर्म कम्पनी संस्था, कार्यकारी प्रमुख, बहालवाला, लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा त्यस्ता व्यक्तिका वित्तीय स्वार्थ भएका फर्म, कम्पनी, संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई पनि आफ्नो संस्थाबाट कर्जा लिन पाउनेछन।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij