काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा यो संख्या ३० पुर्याएको छ ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई गरेको परिपत्र अनुसार असोज २१ देखि कात्तिक १२ कात्तिक १५ देखि २२ सम्म वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij