२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंकको बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

1.1K
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितलाई राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखी नै सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij