२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकका ग्राहकहरुलाई भेनस अस्पतालमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई भेनस अस्पतालमा विशेष छुट

1.1K
Shares

 

काठमाडौं –  ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

अब, यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १०% सम्मको आकर्षक छुट पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले चितवनस्थित “Jungle Villa Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात “Achar Ghar”, दरबारमार्गस्थित “Mahotsav Restaurant & Bar”  हात्तीसारस्थित “Nepal House Restaurant & Bar” तथा कमलादीस्थित “Cafe Lion Heart Tandoori Kitchen” मा  बैंकका ग्राहकहरूले १०% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij