२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिलिभर नेपालको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

युनिलिभर नेपालको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

775
Shares

काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक १२ गते, सोमबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij