२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार,अब सातैबाट प्रदेश सेवा दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार,अब सातैबाट प्रदेश सेवा दिने

1.7K
Shares

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेको छ । शनिबार कर्णाली प्रदेशको वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमको धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाको उद्घाटन भएको हो ।

उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सातैवटा प्रदेशमा बिस्तार भएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा शाखा कार्यालय खोल्नुपर्ने हुन्छ ।

दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयहरूको स्थापनाले वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिएको छ ।

नेपालमा एक मात्र अन्तराष्ट्रिय बैंकको रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij