२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको लाभांश संशोधन

अपि पावरको लाभांश संशोधन

980
Shares

काठमाडौं -अपि पावर लिमिटेडको लाभांश संसोधन भएको छ। कम्पनीले यसअघि आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लभांश घोषणा गरेकोमा त्यसलाई संशोधन गर्दै ५ प्रतिशत नगद लाभांश र ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेको छ ।

अपि पावरले अब ५ प्रतिशत बोनस दिने घोषणा गरेको छ। यहि असोज १८ गतेको संचालक समितिको बैठकले यसअघिको ९ प्रतिश्त लाभांशलाई घटाएर ५ प्रतिशतमा झारेको हो। अपि पावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
अपी पावरले लाभांश प्रस्ताव गरेको भन्दै बिद्युत नियमन आयोगले अपि पावरको वित्तिय विवरण अस्वीकृत गरिदिएको थियो। जसकारण ९ प्रतिशत लाभांश पाउने आशमा शेयर खरिद गरेका लगानीकर्ताहरु मारमा परेका छन्।

त्यस्तै अपि पावरले नयाँ मितिको वार्षिक साधारणसभा र नयाँ बुक क्लोज मिति तय गरेको छ। अब कात्तिक ११ गते बार्षिक साधारणसभा हुनेछ भने त्यसको लागि कात्तिक २ गतेको लागि बुक क्लोज मिति तय गरिएको छ। कात्तिक २ गते बुक क्लोज गरिएकाले कात्तिक एक गतेसम्म कायम शेयरधनीहरुले मात्रै अपि पावरको लाभांश पाउनेछन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij