२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मारुती सिमेन्ट्सको वार्षिक साधारणसभा आब्हान

मारुती सिमेन्ट्सको वार्षिक साधारणसभा आब्हान

560
Shares

काठमाडौं – मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा डाकेको हो। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ।

ञ्चालक समितिको निर्णयबाट विभिन्न बैकहरुबाट लिइएको ऋण अनुमोदन तथा स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आर्थिक वर्ष २०८०।८१ मा सञ्चालक समितिबाट भएका निर्णयहरु पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षमा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँभन्दा माथिको रकम स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय सभाले पारित गर्नेछ।

कम्पनीले गत वर्ष पुस २६ गते आइपीओ अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँको दरले आइपीओ ल्याउन अनुमति मागेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij