काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।
सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २०० रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij