२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

1.1K
Shares

काठमाडौं -अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij