२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा छुट

आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा छुट

730
Shares

काठमाडौं – आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ। आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। यो सम्झौताबाट आईसीएफसीका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij