काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर (SMHL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले सो दिन कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले सो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। सो दिन दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij