२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

350
Shares

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७३३.५० रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख ७८ हजार ९२२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा १३.३० प्रतिशत हुन आउने १४ करोड ३ लाख ८९ हजार ९७६.५६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने ७३ लाख ८८ हजार ९४६.१३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी लगानीकर्ताहरुले पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij