२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२ दर्जन कम्पनी खराब सूचीमा, कुन– कुन परे ?

२ दर्जन कम्पनी खराब सूचीमा, कुन– कुन परे ?

545
Shares

काठमाडौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीहरुलाई खराब सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले यूएईको निर्माण कम्पनी एमएस एसटीके ग्लोबल सहित २ दर्जन कम्पनीहरूलाई खराब कम्पनीको सूचीमा राखेको छ।

परिणाममुखी तथा सन्तोषजनक काम नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले एकदेखि तीन वर्षसम्म खराब कम्पनीको सूचीमा राखेको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एमएस एसटीके ग्लोबललाई ३ वर्ष, स्काई बिल्डर्स, वाइबा एन्ड लामा, जानकी निर्माण सेवालाई सडक विभागको सिफारिसमा साढे २ वर्ष खराब सूचीमा राखेको छ।

यस्तै, चितवनको कालिका नगरपालिकाको सिफारिसमा सेक्टर कन्सल्टेन्ट एन्ड डेभ्लपर्सलाई साढे एक वर्ष र तुलसीपुर उपमहानगरको सिफारिसमा ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन प्रालि र कृषभ निर्माण सेवा प्रालिलाई पनि साढे छ महिनाका लागि खराब सूचीमा राखेको छ ।

साथै, सडक विभागकै सिफारिसमा मर्चवार कन्स्ट्रक्सन प्रालिलाई २ वर्ष, नेपाल नागरिक उड्ड्यन प्राधिकरणको सिफारिसमा भुसाल कन्स्ट्रक्सन र बस्नेत निर्माण सेवालाई २ वर्षका लागि खराब सूचीमा राखिएको छ ।

जलस्रोत तथा सिँचाइ कार्यालयकै सिफारिसमा पाथीभरा ड्रिलिङ उद्योग, बुढानीलकण्ठ नगरपालिकाको सिफारिसमा यूभी इन्जिनियरिङ, बाँके राष्ट्रिय निकुञ्जको सिफारिसमा नेपाल बिल्डर्स प्रालि र पुनर्वास नगरपालिकाको सिफारिसमा विजय कन्स्ट्रकसन प्रालि र लुम्बिनी प्रदेश सरकारको सिफारिसमा अमन कनस्ट्रक्सनलाई पनि एक वर्षका लागि खराब सूचीमा राखिएको छ ।

कार्यालयले धनगढी उपमहानगरपालिकाको सिफारिसमा श्री गणपति निर्माण सेवालाई १ वर्ष, कर्णाली प्रदेश सरकारको सिफारिसमा सुदर्शन निर्माण सेवा, बागमती प्रदेश सरकारको सिफारिसमा सत्यश्वर कन्स्ट्रक्सन प्रालि १ वर्षका लागि खराब सूचीमा राखेको छ ।

यता, सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा रक्षा कन्स्ट्रक्सन, जलस्रोत तथा सिँचाइ विभागको सिफारिसमा रेश्मा डिप बोरिङ ट्युबवेल, डाक्नेश्वर नगरपालिकाको सिफारिसमा ज्योति निर्माण सेवालाई एक वर्षका लागि खराब सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij