काठमाडौं – बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले आज, मंगलबार (असोज १५ गते)देखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
‘संवत २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ (तीन) दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/६१४ को बैठकबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij