काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बढेको बजारमा आज २१० कम्पनीको शेयर मुल्य बढेको छ भने ३३ कम्पनीको शेयरमुल्य घटेको छ। आज एउटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
सोमबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन, बैंकिङ समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij