२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

725
Shares

काठमाडौं – एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् ।

इच्छुकले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । यदि ३५ दिनभित्र संस्थापकले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij