२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा छुट

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा छुट

790
Shares

काठमाडौं – प्रभु बैंकका ग्राहकलाई चितवनको भरतपुर महानगरपालिका-१० स्थित कलेज अफ मेडिकल साइन्सले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच असोज १३ गते भएको सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स (सीओएमएस)बाट प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएवापत विशेष छुट पाउने भएका छन् ।सीओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत बैंकका ग्राहकलाई २०% सम्मको छुट हुनेछ । यसका लागि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीबाट बिल भुक्तानी गर्नुपर्नेछ ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसको तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले संयुक्‍त रुपमा हस्ताक्षर गरेका थिए । तर यो सुविधा प्राप्त गर्न प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij