काठमाडौं – लगातार रेकर्ड बनाउँदै आएको सुनचाँदीको मुल्य आइतबार घटेको छ । आइतबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो । आइतबार छापावाला सुनको मुल्य १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मुल्य १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij