२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयर धनीहरूको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयर धनीहरूका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरूबाट कुनै आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij