काठमाडौं -आज असोज १३ गतेबाट नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि सफा र सुकिला नोट सटहीको व्यवस्था गरिएको छ। यसपालि दसैँका लागि नयाँ नोटको सहटी व्यवस्था भने गरिएको छैन।
बैंकहरुमा छुट्टै डेस्क राखेर यसपालि दसैँका लागि सफा र सुकिला नोटमात्रै सटहीको व्यवस्था गरिएको छ। ‘यसपालि दसैँमा नयाँ नोटको सहटी व्यवस्था हुने छैन, सटही गर्न आउनेलाई सफा र सुकिला नोट साट्ने वितरण गरिने भएको छ ।
यसपालि पनि विगतका वर्षमा झैँ प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १–१ बन्डल ९१०० वटा नोट गरी १८ हजार ५०० रुपैयाँ सटहीको व्यवस्था गरिएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij