२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन दिन स्कुल र विश्वविद्यालय बन्द गर्न मन्त्रालयको अनुरोध

तीन दिन स्कुल र विश्वविद्यालय बन्द गर्न मन्त्रालयको अनुरोध

350
Shares

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ। शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो।

देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै, बाढी पहिरोबाट विस्थापित भएकालाई आकस्मिक रूपमा शैक्षिक संस्थाका भवनमा व्यवस्थापन गर्नुपर्ने हुँदा तीन दिन बन्द गर्न अनुरोध गरिएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij