काठमाडौं – नक्खु खोलाले चार जनालाई बगाएको छ। शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको हो ।
प्रहरीका अनुसार एकजना महिला, दुई जना पुरुष र एक जना बालकलाई खोलाले बगाएको हो। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij