काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्। एनआईएमबी बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुले छुट पाउने भएका हुन्।सम्झौता अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५प्रतिशतसम्म छुट दिने भएको छ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ। छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij