काठमाडौं – राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा विदेश पढ्न जानेले १४ अर्ब ९२ करोड रूपैयाँ लगेका छन्।
यो अवधिमा नेपाल पढ्न आउनेले १६ करोड रूपैयाँ भित्र्याएका छन्। त्यस्तै, उपचारको लागि एक करोड ६६ लाख रूपैयाँ बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रूपैयाँ बाहिरिएको छ।
व्यवसाय उद्देश्यले हुने भ्रमण लगायतमा भने २९ करोड रूपैयाँ बाहिरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij