काठमाडौं – नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम पहाडी क्षेत्रका लागि दिनुपर्ने बताउनुभएको छ ।
जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम तराईका क्षेत्रहरुका लागि नभइ पहाडी क्षेत्रका लागि विनियोजन भएको भन्दै पहाडलाई दिनुपर्ने बताउनुभएको हो । सरकारले सो रकम तराईमा ५० हजारदेखि दुई लाखसम्म दिने गरेको उल्लेख गर्नुभयो । सांसद चौधरीले सुस्तामा बिजुली बत्ती पुग्नुले समग्र विकासको ढोका खुलेको बताउनु भयो । सुस्तामा झोलुङ्गे पुल प्रयोग गरी विद्युतीय लाइन समेत लगिएको छ । उहाँले नेपालसँग भौतिक रुपले जोड्ने मात्रै नभइ आर्थिक रुपले जोड्ने ढोका खोलेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष जनता आवास र जनता सुरक्षा आवासका नाममा तराईका क्षेत्रहरुमा गरिने विनिमय बजेटहरु ५० हजार, दुई लाख दिनेकुरा पहाडका लागि तर्जुमा गरिएको योजना हो । हरेक वर्ष त्यो ल्याप्स हुने गर्दछ ।’
सांसद चौधरीले सुरजपुरा जलविद्युत आयोजना १५ मेगावाट क्षमताको भएपनि साढे ३ मेगावाट भन्दा बढी क्षमतामा नचलेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij