२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत

अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत

1K
Shares

काठमाडौं – अपि पावर कम्पनी लिमिटेडको लाभांश विद्युत नियमन आयोगले अस्वीकृत गरेको छ। आयोगले कम्पनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृति दिन नमिल्ने बताएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो। निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यासहित जवाफ पेश गर्न निर्देशन दिएको थियो।

त्यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरिएको भनि जवाफ आयोगमा पठाएको थियो। सोही विषयमा छलफल हुँदा त्यस्तो कार्यलाई कम्पनी ऐन , २०६३ को दफ ५६ को उपदफा (१०) ल वर्जित गरेको हुँदा कम्पनीको लाभांश स्वीकृत नगरिएको आयोगले कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको छ । यो बीचमा नियमन आयोगले लाभांश प्रस्ताव नै स्वीकृत नगरेकाले कम्पनीले साधारणसभा अन्योल बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij