काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरधनी हिमलाल काप्रीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
उनी आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने भएका हुन् ।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नआएमा कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij