२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

335
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीले महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ कारोबार र सेवा सुविधा सम्बन्धी राखेका जिज्ञासाहरुलाई स्पष्ट समेत पारिएको थियो ।

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी प्राप्त भएको र आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताइन् । कार्यक्रममा १५० जना महिला उद्यमीको सहभागिता थियो ।

बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरुलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरु ल्याएको बताएको छ ।

कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकि जस्ता सेवाहरु भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij