२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मध्ये भोटेकोशीको ५ करोड १३ लाख कित्ता सेयरको लकइन सकिँदै

मध्ये भोटेकोशीको ५ करोड १३ लाख कित्ता सेयरको लकइन सकिँदै

1K
Shares

काठमाडौं – मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक ११ गते समाप्त हुने जनाएको छ ।

संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरू, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरू, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूको ६० लाख र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij