२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

665
Shares

काठमाडौं – ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो ।

कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कि ह्याण्डओभर समेत गरेको छ । सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुसी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।

उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो । ७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रूपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौँ क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’
यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ । यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ट पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij