२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट

1.3K
Shares

काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट हुने भएको छ । छुटउपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठीज्यू र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।  सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, ग्राहक महानुभावहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij